ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डडेल्धुरामा चार नयाँ मतदानस्थल थप्न सिफारिस

बुधबार १७, मङि्सर २०८२ १२:३७

डडेल्धुरा । डडेल्धुरामा चार नयाँ मतदानस्थल थप्न सिफारिस गरिएको छ । १३९ मतदानस्थल रहेको जिल्लामा नयाँ चार वटा मतदानस्थल थप्न सिफारिस गरिएको हो । 

२०७९ सालको निर्वाचनमा १३९ मतदान केन्द्र र १०१ मतदान स्थल रहेका थिए । जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले यसपटक एउटा पुरानो मतदानस्थल हटाइ चार नयाँ स्थल थप्ने प्रस्ताव निर्वाचन आयोगमा पठाएको हो ।

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत करुणाकर अवस्थीका अनुसार अजयमेरु गाउँपालिका–६ मा रहेको देवल मावि देवलदिव्यपुर मतदान स्थल हटाई भूमिराज आवि पिपलचौतारा र डागेश्वरी आवि कानाकोटमा नयाँ मतदान स्थल राख्ने तयारी गरिएको छ ।

त्यस्तै, नवदुर्गा गाउँपालिका–५ मा रहेको भूमिराज आवि चौरबान्नीमा थप एउटा र गन्यापधुरा गाउँपालिका–१ को अशिग्राम आवि राउनाकोटमा अर्को एउटा नयाँ मतदान स्थल राख्न सिफारिस गरिएको उनले बताए । 

प्रतिक्रिया