ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

एनपीएलमा आज दुई खेल, सुदूरपश्चिम चितवनसंग भिड्दै

बिहिबार १८, मङि्सर २०८२ १०:२८

धनगढी । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत आज दुई खेल हुँदै छन् । पहिलो खेल ११ः४५ बजे पोखरा एभेन्जर्स र काठमान्डू गोर्खाज र दिउँसो ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदै छ ।

पाँच खेलबाट चार अंक मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ । काठमान्डूले भने छ खेलबाट आठ अंक जोडेको छ ।

प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवन आमनेसामने हुनेछन् । सुदूरपश्चिम १० अंकका साथ शीर्ष स्थानमा छ । पाँच खेलबाट चार अंक जोडेको चितवनलाई प्लेअफका लागि जित्नै पर्ने बाध्यता छ ।

प्रतिक्रिया