पोखरा । कास्की जिल्ला प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सुतेको तस्बिर उनकै समर्थकले खिचेको खुलेको छ । रास्वपा समर्थक डा. निकोलस भुसालले उक्त तस्बिर खिचेर सार्वजनिक गरेको खुलासा भएको हो ।
भुसाल आफैँले सो तस्बिर आफूले नै खिचेको स्वीकार गरेका छन् । कास्की प्रहरी स्रोतका अनुसार केही दिन अघि निकोलस भुसाल रवि लामिछानेलाई भेट्न प्रहरी हिरासतमा पुगेका थिए ।
तर, प्रहरीले रवि सुतिरहेको र अहिले भेट्न नमिल्ने बताएको थियो । भुसालले भेट्ने अड्डी कसेपछि उनलाई सीसीटिभीबाट रवि सुतेको देखाइएको थियो । सोही समयमा उनले रवि सुतेको फोटो खिचेको पुष्टि भएको कास्की प्रहरीले जनाएको छ ।
प्रतिक्रिया