ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

पोखरालाई हराउँदै काठडमाण्डू प्लेअफमा

बिहिबार १८, मङि्सर २०८२ ०३:४२

शाहब आलमको उत्कृष्ट प्रर्दशनमा पोखरा एभेन्जर्सविरुद्ध १३ रनको जित निकाल्दै काठमाण्डू गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेआफमा पुगेको छ । जितसँगै काठमाण्डूले सात खेलमा १० अंक जोडेको छ । पराजित पोखराको ६ खेलबाट चार अंक छ । 

यससँगै प्लेअफमा पुग्ने दुई टोलीको टुंगो लागेको छ । सुदूरपश्चिम रोयल्सले यसअघि नै प्लेअफको यात्रा तय गरिसकेको छ ।बिहीबार त्रिवि क्रिकेट मैदानमा काठमाण्डूले प्रस्तुत गरेको १ सय ६६ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ५२ रन मात्र बनाउन सक्यो । 

पोखराका लागि ऋषि धवनले ३० बलमा तीन चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५४ रनको योगदान गरे । यसैगरी धनन्नजय लक्ष्मणले ३०, कप्तान कुशल भुर्तेलले २२ र जेसन रोयले १६रन बनाए । 

काठमाण्डूका लागि शाहब आलमले चार ओभरमा २५ रन खर्चिएर ह्याट्रिकसहित ६ विकेट लिए । उनले २०औँ ओभरको सुुरुवाती तीन बलमा क्रमशः ऋषि धवन, विपिन खत्री र आकाश चन्दलाई पभेलियनको बाटो देखाएका थिए ।  यसैगरी सन्नी पटेल र कप्तान करण केसीले दुई–दुई विकेट हात पारे । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाण्डूले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १ सय ६५ रनको योगफल तयार परेको थियो । काठमाण्डूका लागि बेन चार्ल्सवर्थले ५५ बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक ६४ रनको योगदान गरे । यसैगरी भीम सार्कीले २३ बलमा पाँच चौका र दुई छक्कासहित ५५ र मिलिन्द कुमारले १३ रन बनाए । पोखराका लागि धनन्नजय लक्ष्मणले चार, कप्तान कुशल भुर्तेलले दुई तथा विपिन खत्री र किरण ठगुन्नाले एक एक विकेट लिए । 

प्रतिक्रिया