ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

विराटनगरविरुद्व ब्याटिङ गर्दै सुदूरपश्चिम

शनिबार २०, मङि्सर २०८२ ११:१४

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको आजको पहिलो खेलमा विराटनगर किङ्सले पहिले बलिङ गर्दैछ ।

विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै छ ।

दुवै टोली प्लेअफमा पुगिसकेका छन् । विराटनगर किङ्सलाई शीर्ष २ मा पर्नका लागि राम्रो अन्तरको जित आवश्यक छ ।

सुदूरपश्चिम भने पराजित भए पनि शीर्ष स्थानमै रहने पक्का छ । उसले अपराजित यात्रा जारी राख्दै आफ्नो दबदबा कायमै राख्ने लक्ष्यमा छ ।

प्रतिक्रिया