सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्ग्ससामु १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४७ रनको योगफल तयार पारेको हो ।
सुदूरपश्चिमका लागि आरिफ शेखले अविजित ४५, ईशान पाण्डेले ३८, जोश ब्राउनले २४, कप्तान दीपेन्द्रसिंह ऐरीले १९ र विनोद भण्डारीले १५ रन बनाए ।
विराटनगरका लागि सन्दीप लामिछानेले ३, प्रतिस जिसीले २ र बसिर अहमदले १ विकेट लिए ।
प्रतिक्रिया