काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा सुदूरपश्चिम रोयल्समाथि शानदार जित निकाल्दै विराटनगर किंग्स क्वालिफायरमा प्रवेश गरेको छ । शनिबारको भएको खेलमा अपराजित रहेको सुदूरपश्चिले दिएको १४७ रनको लक्ष्य विराटनगरले ११ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
काठमाडौंलाई रनरेटमा पछि पार्दै विराटनगर दोस्रो स्थानमा रहँदै सुदूरपश्चिमसंग पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो । योसँगै सुदूरपश्चिमले पहिलो हार चाखेको छ ।
विराटनरको जितमा दुई ओपनरले अर्धशतक प्रहार गरे । फाफ डु प्लेसिस २० बलमा ५० र साम हिटलेज २७ बलमा ५० रन बनाएर आउट भए । मार्टिन गप्टिल २२ र बसिर अहमद ८ रनमा आउट भए । लोकेश बम ३ र प्रतिश जिसी १३ रनमा अविजित रहे । बलिङमा सुदूरपश्चिमका अभिनास बोहरा दुई र हर्मित सिंहले एक विकेट लिए ।
प्रतिक्रिया