धनगढी । कञ्चनपुरमा रोकेको बसमा आगो लागेको छ । शनिबार राति जिल्लाको बेदकोट नगरपालिका–२ जडेपानीमा रोकेको बसमा आगलागी हुँदा बस पूर्णरूपमा जलेर नष्ट भएको छ ।
बेदकोट–२ जडेपानीका ३१ वर्षीय केशव नाथले बैजनाथ माध्यमिक विद्यालय नजिक सडक छेउमा पार्किङ गरी राखिएको पवनदुत यातायातको बा ३ ख ९८३७ नम्बरको बसमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा पुगेको प्रहरी तथा स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिएका थिए । बस पूर्णरूपमा क्षतिग्रस्त भएको र आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया