ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमबाट को–को मनोनित भए एमालेका महाधिवेशन प्रतिनिधि ?

शनिबार २७, मङि्सर २०८२ ०१:०५

धनगढी । नेकपा (एमाले)ले महाधिवेशनका लागि १०८ जना प्रतिनिधि मनोनीत गरेको छ । आजदेखि सुरु भएको पार्टीको ११औँ महाधिवेशनका लागि एमाले १०८ जनाको नाम मनोनीत गरेको हो ।

मनोनीतको सूचीमा सुदूरपश्चिमका १२ जना पनि छन् । अछामका शिवप्रसाद उपाध्याय, कञ्चनपुरका नरबहादुर बिक, बाजुराका हरिबहादुर रोकाया, कैलालीका प्रशान्त थापा, बैतडीकी जानकी ऐर बम, डडेल्धुराका विपिन ओझा, दार्चुलाका प्रेमसिंह धामी, कैलालीकी लोग्सरी कुँवर र लक्ष्मी केसी मनोनित भएका छन् । 

यस्तै, बझाङका बीरेन्द्रबहादुर खड्का र दिनेश नेपाली तथा डडेल्धुराका चक्र स्नेही पनि प्रतिनिधिमा मनोनित भएका छन् । 
 

प्रतिक्रिया