ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुर कांग्रेसले कहाँबाट कसलाई गर्‍यो उम्मेदवार सिफारिस ?

शनिबार २७, मङि्सर २०८२ ०१:२५

कञ्चनपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले दुई वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।

कांग्रेसले कञ्चनपुर क्षेत्र १ बाट दुई नेतालाई उम्मेदवारका लागि सिफारिस  गरेको छ । क्षेत्रीय सभापतिसमेत रहेका गोपालीप्रसाद उपाध्याय र पुराना नेता भरत विष्टलाई सिफारिस गरिएको हो ।

यसैगरी क्षेत्र नम्बर १ बाट समानुपातिक र राष्ट्रिय सभातर्फ भने सर्वसम्मत नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ सगुना राना, खिना भण्डारी, राष्ट्रिय सभातर्फ युवा नेता हरेन्द्र विष्ट ९होसियार० र प्रकाश पन्तसमेत सर्वसम्मत छनोट भएका छन् । 

यसैगरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ पूर्वमन्त्री एनपी साउँद, हरि बोहरा र दलबहादुर बोहरा सिफारिस भएका छन् । 

यसैगरी, समानुपातिकमा गणेश नेपाली र तौला राना सिफारिस भएका छन् । राष्ट्रिय सभामा पुस्करराज ओझा, देबराज पाठक र इश्वरी खाती सिफारिस भएका छन् । 

यसैगरी, कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट भने १९ जना आकाङ्क्षी देखिएकाले अन्तिम टुङ्गो लाग्न भने बाँकी रहेको जनाइएको छ । 

प्रतिक्रिया