ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा चार महिनामा १७ जनाको हत्या, ६६ बलात्कारका घटना

शुक्रबार ०५, पुष २०८१ ०९:१४

धनगढी । सुदूरपश्चिम प्रदेशमा तचार महिनाको अवधिमा १७ जनाको हत्या भएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चार महिनाको अवधिमा १७ जनाको हत्या भएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज अधिकारीले अधिकांश हत्या आवेशप्रेरित भएको अनुसन्धानपछि खुलेको बताए । उनले भने, ‘योजनाबद्ध ढङ्गले भएका हत्या घटना कम छन् । तर, आवेशप्रेरित हत्या घटना बढी देखिएको छ ।’

प्रदेशमा बलात्कारका घटना पनि बढ्दै गएका छन् । पछिल्लो चार महिनामा सुदूरपश्चिममा सुदूरपश्चिममा ६६ वटा बलात्कारका घटना भएका छन् । अर्को आपराधिक घटना आत्महत्या पनि प्रदेशमा बढ्दै गएको छ । पछिल्लो चार महिनामा सुदूरपश्चिममा एक सय ७४ जनाले आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमध्ये ८५ प्रतिशत झुण्डिने गरेको प्रहरी प्रवक्ता अधिकारीले बताए । त्यसपछि १२ प्रतिशतले विष सेवन गरेर र बाँकीमध्ये केहीले पानीमा हाम फालेर, औजार प्रयोग गरेर र शरीरमा आगो लगाएर आत्महत्या गर्ने गरेको प्रहरीले जनाएको छ । यसबाहेक लागूऔषधका घटना पनि बढेको पाइएको छ । चालु वर्षको चार महिनाको अवधिमा सुदूरपश्चिममा एक सय ९४ वटा लागुऔषधको मुद्दा दर्ता भएका छन् ।

प्रतिक्रिया