ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

एनपीएलको दुवै संस्करण जित्ने सुदूरपश्चिमका शेर

सोमबार २९, मङि्सर २०८२ १२:२९

धनगढी । नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व सुदूरपश्चिम रोयल्स गर्दै आएको थियो । रोयल्समा सुदूरपश्चिम नै घर भएका खेलाडीको संख्या नौं थियो । एनपीएलका अन्य सात टिममा पनि सुदूरपश्चिम घर भएका खेलाडी थुप्रै थिए । विजेता बनेको लुम्बिनी लायन्सबाट मात्रै सुदूरपश्चिम घर भएका चार जना क्रिकेटरले फाइनल खेलेका थिए । 

सुदूरपश्चिम घर भएका दिनेश अधिकारी, सन्दिप जोरा, शेर मल्ल र दिलिप नाथ प्लेइङ ११ मा थिए । मल्ल त एनपीएलको दुवै संस्करण जित्ने खेलाडी बनेका छन् । 

दोस्रो सिजन लुम्बिनी लायन्सबाट च्याम्पियन बनेका शेरले प्रतियोगिताभर कुल १७ विकेट लिए । शेर पहिलो संस्करण जनकपुर बोल्ट्सबाट खेल्दा पनि च्याम्पियन बनेका थिए ।दुबै सिजनको फाइनलमा मल्ल सम्मिलित टिमले सुदूरपश्चिमलाई पराजित ग¥यो । 

अघिल्लो सिजन जनकपुरलाई च्याम्पियन बनाउँदा शेरले सात इनिङमा सात विकेट लिएका थिए । दोस्रो सिजनमा भने उनी संयुक्त रूपमा प्रतियोगिताकै सर्वाधिक विकेट लिने बलर बने । उनी यो सिजन प्रतियोगिताको उदीयमान खेलाडी समेत चुनिए ।

प्रतिक्रिया