धनगढी । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग कुनै किसिमको असमझदारी नभएकाे बताएका छन् । सुदूरपश्चिम भ्रमणकाे लागि शुक्रबार धनगढी पुगेका नेता कोइरालाले विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । `सभापति सबैको साझा व्यक्ति हुनुहुन्छ,´ उनले भने, `उहाँसंग कुनै किसिमको असमझदारी छैन । बाहिर आउने कुरामा सत्यता छैन ।´
उनले पार्टी महामन्त्री गगन थापासंग पनि कुनै विवाद नरहेकाे बताए । कोइरालाले १५औँ महाधिवेशनका लागि आफू स्वभाविक सभापतिकाे दाबेदार रहेकाे बताए ।
यस्तै कोइरालालाई धनगढी विमानस्थलमा १५ किलाेकाे मालाले स्वागत गरिएकाे छ । नेता कोइरालालाई आगामी १५ औँ महाधिवेशनमा सभापतिका लागि अग्रिम शुभकामना स्वरुप कांग्रेसका महाधिवेशन प्रतिनिधि तेजबहादुर खडकाले १५ किलाेकाे माला लगाइएकाे बताए । पार्टी सभापति देउवाको गृहजिल्ला डडेल्धुराको एक टिमले माला लगाएको हो । कोइराला धनगढीमा हुँदा महाधिवेशनकेन्दित कार्यक्रममा व्यस्त रहनेछन् ।
प्रतिक्रिया