धनगढी । कैलालीमा तीन जना पक्राउ परेका छन् । प्रहरीको थुनामा रहेका थुनुवालाई मुक्त गराइदिने भन्दै रकम असुली गर्ने तीन जनालाई पक्राउ गरिएको हो ।
धनगढी उपमहानगरपालिका– १ बाट लागूऔषध मुद्दामा प्रहरी हिरासतमा रहेका एक थुनुवालाई थुनामुक्त गराइदिन्छु भनी परिवारजनबाट रकम असुली गरेको आरोपमा गौरीगंगा नगरपालिका ७ का २९ वर्षीय रुपक साउँद, २२ वर्षीय रमेश साउँद र १९ वर्षीय हर्क साउँदलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सहप्रवक्ता दर्शन खड्का अनुसार उनीहरुले थुनुवाका परिवारका सदस्यहरुबाट ३९ हजार ५ सय भारु लिएका थिए । अन्य रकम थुनुवालाई छुटाएपछि लिने भनी मोलमोलाई भएको समेत खुल्न आएको प्रहरीले जनाएको छ । उनीहरुलाई आवश्यक कारबाहीका लागि हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया