धनगढी । धनगढीदेखि डडेल्धुरा जोड्ने भीमदत्त राजमार्गअन्तर्गत फल्टुडे पुग्नुभन्दा करिब पाँच सय मिटर वर बाटोमै एउटा चिउरीको बोट छ । चिउरीको बोटभन्दा अलि अगाडि मोडको उत्तरतिर हाम्रो अचार उद्योग लेखिएको साइनबोर्ड देखिन्छ । अहिले अमिलो (चुक) बिस्कुन फिजाए जसरी अचार उद्योगको आँगनमा फिजाइएका देखिन्छन् । १०–१५ जना मजदुरहरु अमिलो छोडाउने, जोख्ने, छाँट्ने जस्ता काममा व्यस्त देखिन्छन् । पारिलो घाममा प्लास्टिकको कुर्सीमा सत्तरीको दशक नाघिसकेका एक व्यक्ति बसिरहेका देखिन्छन् । मध्यम कद, गहँुगोरो वर्ण, छोटो कपाल । कालो भादगाउँले टोपी, पावरवाला चस्मा, हातमा पुस्तक ।
साहित्यकारको नजरमा साहित्यकार जस्ता देखिन्छन्, राजनीतिज्ञको नजरमा राजनीतिज्ञ । मजदुरको नजरमा उद्योग मालिक । हेराइ र बुझाइ सबैको फरकफरक लाग्न सक्छ । उनँको परिचय पनि बहुआयामिक छ । हो, हाम्रो अचार उद्योगका सञ्चालक हरिशंकर नाथ योगीको परिचय बहुआयामिक छ । झट्ट हेर्दा उद्योगीको रुपमा देखिएता पनि समयले उनलाई धेरै परिचय दियो । कहिले सामाजिक कार्यकर्ता बने त कहिले व्यापारी । कहिले राजनीतिक कार्यकर्ता बने त कहिले गाउँलेका डाक्टर ।
पारिवारिक पृष्ठभूमि र बाल्यकाल
२००६ जेठ १५ गते पिता काशीनाथ योगी र माता सुमित्रा योगीका ज्येष्ठ पुत्ररत्नका रूपमा तत्कालीन डोटी गौँडा, जोरायल गर्खाअन्तर्गत मड्ड, ढुङ्गानी (हाल चुरे–६, कैलाली) मा जन्मिएका योगी सानैदेखि चलाख र पढाइमा अब्बल थिए । उनका बाजेहरू शङ्करनाथ योगी र कालुनाथ योगी डोटीको चाँप क्षेत्रबाट त्यहाँ बसाइँ सरेर आएका हुन् ।
हरिशंकरको बाल्यकाल मड्ड गाउँमा सामान्य किसिमबाट बित्यो । ओमकार परिवार भएकाले उनको घरायसी वातावरण धार्मिक थियो । उनका पाँच आमाहरू व्रmमशः कालुदेवी, कलुदेवी, सुमित्रा, सेती, कमली र सरु योगी थिए । उनी ११ वर्षको हुँदा उनकी आमा सुमित्राले भने कलिलै उमेरमा धर्ती छोडिन् । पाँच आमाबाट उनका आठ दाजुभाइ र छ दिदीबहिनी छन् । हरिशङ्करपछि भाइहरू खगेन्द्र, ठक्कर नाथ, नरेन्द्र नाथ, यदुनाथ, नगेन्द्र, टेक नाथ र पङ्कज रहेका छन् ।
शिक्षा
हरिशङ्कर योगीको पारिवारिक वातावरण अलि बढी धार्मिक भएकाले घरमा सन्तमहन्त, ब्राह्मण, पण्डित, महात्माहरूको आवतजावत भइरहन्थ्यो । बुबाले उनीहरुसँग गरेको अन्तव्रिर्mया, भेटघाट, छलफल, विमर्श आदिको प्रभाव योगीमा नपर्ने कुरै भएन । उनका बुबा आफू निरक्षर भए पनि सन्तानलाई शिक्षा दिनुपर्छ भन्नेमा सचेत थिए । २००५ मा उनका बुबा एकपटक काठमाडौँ पुगेका थिए । त्यसकारण पनि आफ्ना सन्तान पढाउनका निम्ति उनले घरमा शिक्षक (महात्मा) बोलाएका थिए । ग्रामीण पहलमा स्थापित पाठशालामा ती महात्माका साथमा रहेर योगीले वर्षमा छ महिनाका दरले चार हिउँद घरमै अध्ययन गरी धेरै कुरा सिके । कपाली तमसुक, भोगबन्धकी, दृष्टिबन्धनकी, राजीनामा जस्ता व्यावहारिक कागजात लेख्ने तरिका उनले घरमै सिकेका थिए । योगीको शिक्षादीक्षामा गुरुहरू करवीर बोहरा (रिसेडी), हेम खड्का (जोरायल), देवराज भण्डारी (डाँडाखाली) को महŒवपूर्ण भूमिका रहेको थियो ।
योगीको औपचारिक शिक्षाको श्रीगणेश भने श्री कफलकट्टेश्वर विद्यालय ( हाल जोरायल – २, छतिवन डोटीबाट भएको हो । २०१९ सालमा उनी त्यस विद्यालयमा भर्ना भए पनि आफूले धेरै कुरा घरमा सिकेका कारण साना कक्षाका कुराहरूमा उनको खासै रुचि जान सकेन । त्यसमाथि घरबाट विद्यालय टाढा रहेको र बाटोघाटो पनि अप्ठेरो भएका कारणले दुई तीन महिनामै उनले त्यो विद्यालय छोडे । धेरै दिन गयल भएका कारण त्यस बेला विद्यालयले तोकेको गयल जरिवाना प्रतिदिन एक आनाका दरले उनको जरिवाना पनि धेरै भइसकेको थियो । यस्ता विविध कारणले उनी पढ्नका लागि भैरव मावि अलाड गए । कक्षा ३ मा सुरुमा भर्ना भए पनि उनको सिकाइस्तरलाई देखेर शिक्षकहरूले तीन चार दिनमै कक्षा ४ मा राखिदिए । कक्षा ४ को पहिलो परीक्षामा विद्यालयभरमै सर्वोत्कृष्ट अङ्क ल्याई कक्षा ५ मा भर्ना भए । यसरी एक वर्षमा तीन कक्षा पार गरेको सम्झना छ उनीसँग । यसरी उनले कक्षा ५, ६ र ७ पनि भैरव माविबाटै उत्तीर्ण गरे । हालको भैरव माविमा त्यस बेला कक्षा ७ सम्म मात्र पढाइ हुन्थ्यो । नजिक विद्यालय नभएका कारण केही साथीसहित योगी थप अध्ययनका लागि सय रुपैयाँ बोकेर धनगढी आए । आफूसँगै गएका साथी पढ्नतिर नलागी घर फर्केको थाहा पाएपछि उनी पनि त्यही पैसा बोकेर भारतको दिल्लीतर्फ गए । केही दिन दिल्ली घुमेर बोकेको पैसा सिध्याएर उनी घर फर्किए । उनले फर्कँदा घरमा बुबाको निकै गाली पनि खानुप¥यो ।
२०२२ तिर उनी पढाइलाई निरन्तरता दिन डोटी सिलगढीस्थित पद्मपब्लिक माविमा कक्षा ८ मा भर्ना भए । सिलगढी छात्रावास बसेर अध्ययन अगाडि बढाएका योगीका लागि रासन, नुनतेल आदि सबै चाहिने सामान उनका घरबाट खच्चडमार्फत सिलगढी पठाइन्थ्यो । तीक्ष्ण बुद्धि तर चञ्चल स्वभावका कारण उनी आफूले कक्षाकोठामा एकाग्रपूर्वक ध्यान दिई शिक्षकले पढाएका कुरा सुन्ने तर घरमा खासै मिहिनेत नगर्ने बरु केही उट्पट्याङ कामका लाग्ने गरेको स्मरण छ । अरू साथीहरू पढिरहँदा आफूले भने छात्रावासका कोठामा मुसा धेरै हुने भएकाले मट्टीतेल खन्याएर आागो लगाई मुसा मार्ने गरेको, विभिन्न निहँुमा सिलगढीमा साथीसँग कुटाकुट गरेको तथा बिजुलीबत्ती नभएकाले एक रुपैयाँ लिटरका दरले मट्टितेल किनेर टुकीको उज्यालोमा पढेको, आफू नृत्य र सङ्गीतमा पनि रुचि राख्ने भएकाले सिलगढीमा बस्दा विद्यालयमा र बजारमा पनि विभिन्न गीत, भजन, गानाबजाना, गाईजात्रा, डोलजात्रा आदिमा अग्रपङ्क्तिमा रहेर सव्रिmय भई भाग लिने गरेको जस्ता दर्जनौँ बाल्यकालीन स्मरणहरू उनीसँग रहेका छन् ।
छात्रावाससँगै बसेर पढ्ने तत्कालीन साथीहरू डम्मरबहादुर कडाल, बलबहादुर कडाल, टेकबहादुर बोहरा, दिलबहादुर केसी, भीम साउँदलाई उनी अहिले पनि सम्झिन्छन् । कोही सँगैका र केही तल्लामल्ला कक्षामा पढ्ने सिलगढी रहँदाका अन्य साथीहरू अमर खडायत, मदन चोखाल, धन शाह, दीर्घराज जोशी, विश्वनाथ उपाध्याय, डम्मरनाथ जोशी, दुर्गाप्रसाद भण्डारी, टेकबहादुर चोखाल र बलबहादुर कडालसँग बिताएका दिनहरू उनको स्मृतिमा ताजा रहेका छन् । त्यस बेला उनलाई पढाउने गुरुहरूमा प्रअ एकराज जोशी, नन्दकुमार श्रेष्ठ, चन्द्र सर, हेमराज जोशी, सीताराम श्रेष्ठ, शक्ति अमात्य आदिको सम्झना उनीँसँग छ ।
करिब एक वर्षको डोटी सिलगढीको बसाइँपछि योगी कक्षा ८ उत्तीर्ण गरी घर फकिए । त्यस बेला गाउँघरमा आठ कक्षा पास गर्नुलाई धेरै मानिन्थ्यो । चाहिने जति कुरा सिकिसकेकाले अब पढ्न नपर्ने खालको कुरा पनि उनको घर, गाउँ, समाजबाट आउँथ्यो । त्यसैले पनि उनले थप अध्ययन गर्न सकेनन् । पछि एकपटक भारत गएका बेला उतै कक्षा ९ मा भर्ना भई पढाइ सुरु गरे पनि त्यसलाई अन्य कारणले निरन्तरता दिएनन् । उनको औपचारिक शिक्षा यतिमै टुङ्गिए पनि जीवन् जगत् बुझ्दै, विभिन्न परिस्थितिसँग जुध्दै र सामना गर्दै अगि बढ्दै जाँदा स्वाध्ययनको पाटो भने कहिल्यै रोकिएन । उनको निवासमा रहेको विविध विषयका सयौँको सङ्ख्यामा रहेका ग्रन्थ, पुस्तक, पत्र पत्रिकासहितको निजी पुस्तकालयले पनि यस कुराको पुस्ट्याइँ गर्दछन् ।
वैवाहिक जीवन
एकदिन योगीका बुबाले ज्योतिषीलालाई हात हेराए । उनले छोराको विवाह २५ वर्षको उमरेमा गर्नु उपयुक्त हुने सल्लाह पाए । सोही सल्लाहअनुसार २०२५ साल माघे सङ्व्रmान्तिका दिन गोदावरी धाममा उनको विवाह १३ वर्षकी हरिकलासँग सम्पन्न भएको थियो । एकदिन जोरायल धननाशका महात्मा सिद्ध गिरी उनको घरमा आउँदा योगीका जेठाबुबाले अरू कुरा केही नगरी छोरी दिने प्रस्ताव गिरीसमक्ष राखेका थिए ।
गिरीले पनि प्रस्ताव सहजै स्किारे । अलाडमा पढ्दाका बखत खडकबहादुर सिंह, भैरवसिंह चौधरी लगायतका व्यक्तित्वका असल कुरा सुनेको, संस्कार सिकेको, तिनै व्यक्तिबाट विवाह पनि दुबैको राजीखुसीमा हुनुपर्छ भन्ने कुरा सुनेको कुरा याद गरी कम्तीमा केटी त हेर्नुपर्छ नि भन्ने मनमा आएको कुरा योगी स्मरण गर्छन् । त्यसपछि उनी जोरायल गुनडैको जाँतका अवसरमा हरिकलाई हेर्न गएको सम्झना छ । उनका एक छोरा, बुहारी तथा एक नाति र दुई नातिनी रहेका छन् ।
राजनीतिक यात्रा
हाल नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद् सदस्य रहेका योगीको निकै लामो राजनीतिक इतिहास छ । कक्षा ८ पढ्दै गर्दा सिलगढीमै राजनीतिक छाप परेको कुरा उनी बताउँछन् । केही अग्रज साथीहरूको लहैलहैमा लाग्दा नबुझेरै नजानेर आफूमा व्रmान्तिकारी स्वभाव विकास भएको उनको भनाइ छ । सिलगढीमा केही साथीहरूसँगै अन्जानवश पञ्चायत विरोधी नारा लगाएको, एक दिन तत्कालीन बडामहारानीको जन्मोत्सवमा तोकिएको नाराभन्दा फरक नारा लगाउँदा प्रहरीले पव्रmाउ गरी पछि छोडेको कुरा उनको स्मृतिमा छ । यिनै कारणले पनि पढाइ छोड्नुपरेको अनुभव उनको छ ।
२०२६ सालमा योगी ४३ रुपैयाँको टिकटमा गौरीफन्टा हुँदै मुम्बई गएका थिए । त्यहाँ सुरुमा मासिक १३० रुपैयाँ तलब पाउने गरी केही समय रघुनन्दन फेक्ट्रीमा वाचमेनको काम गरे । आफू पनि यस्तै कम्पनीको मालिक बन्ने सपना त्यस बेला मनमा आउने गरेको कुरा उनी सम्झिन्छन् । त्यहाँ मामा नाता पर्ने गङ्गाबहादुर थापासगै बसे । पछि पढाइ सुरु गर्ने सोचले त्यहाँ विद्यालयमा भर्ना भए तर पढाइ पनि अगाडि बढ्न सकेन साथै नोकरी पनि छुट्यो । नोकरी छुटेपछि केही दिन दुःखमा बिताए । त्यसबेला कल्याण बम्बै बस्ने बयलाका साथी चन्द्र बुढाथोकीकी पत्नीबाट उनले धेरै सहयोग पाए । पछि पूर्वी नेपालका एकजना मनकारी व्यक्ति भेटिए र उनले एउटा चिटमा गङ्ग प्रसाद जोशीको ठेगानामा लेखिदिए । योगीले आफ्ना राजनीतिक गुरु मान्ने डोटी द्यालीका निवासी जोशीसँग भेट भएपछि उनले सहयोग गर्नुका साथै काम पनि खोजिदिए ।
नेकपा व्रmान्तिकारी समाजवादीका सदस्यसमेत रहेका जोशीसँगै धादिङका रामेश्वरराज सर्वहारा जोशीसँगको सामिप्यले आफूमा राजनीतिक चेत पलाएको कुरा योगी बताउँछन् । त्यसै समूहमा सङ्गठित भई ट्रेड अधिकारका लागि काम गरेको, ‘व्रmान्तिदूत’ नामक पत्रिका प्रकाशन गरी प्रवासी नेपालीमा राजनीतिक जागरण ल्याउन र नेपालमा समेत प्रधानपञ्चका नाममा पठाई पञ्चायत विरोधी गतिविधिमा योगी लागेका थिए । प्रवासमा रहँदा भारतीय कम्युनिष्ट नेताहरू इन्द्रपाद डाँगी, चारु मुजुमदार, लक्ष्मीनारायण झा तथा नेकपाका संस्थापक नेता पुष्पलालसँग पनि तीन चार पटक विभिन्न राजनीतिक कार्यव्रmममा योगीको भेट भएको थियो । एकातिर भारतमा बङ्गलादेश स्वन्तन्त्र हुँदै गरेको, नेपालको निर्ददलीय पञ्चायती व्यवस्थाविरुद्ध भारतमा विभिन्न गतिविधि काङ्ग्रेस र कम्युनिस्ट पार्टीले गरिरहेका बखत योगीको भेट काङ्ग्रेसका केशब रावलसँग हुन्छ । तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टलाई विरोध स्वरूप कालो झण्डा देखाएको सम्झना पनि उनीसँग छ । यसरी भारतमै राजनीतिक गतिविधि र अध्ययनमा लागिरहेकै बेला २०२८ सालमा बज्यै बित्नुभएको खबर सुनेपछि योगी नेपाल फर्किए ।
नेपालमा पनि निरन्तर कम्युनिस्ट आन्दोलनमा योगी सक्रिय भए । २०३६ सालको जनमत सङ्ग्रहमा दिलोज्यान दिई लागे । नगढीमा बसेर ‘भीम सन्देश’ पत्रिकामार्फत राजनीतिक जागरणमा सव्रिmय रहे । धनगढीमा रहेका नेताहरु जोगीसिंह विष्ट, रामचन्द्र भट्ट, नवराज जोशी, हरेराम शर्मा, यज्ञराज भट्ट, जयराज भण्डारी, महेश्वर पाठकका साथै काङ्ग्रेसका चेतराज पन्त, लोकेन्द्र बहादुर शाह, मुक्तिनाथ ओझा, सत्यराज पनेरु, टेकबहादुर चोखाल आदिसँग पनि योगीको राम्रै राजनीतिक उठबस र सम्पर्क भयो । सिद्धान्ततः केही विमति रहे पनि पञ्चायत विरोधी आन्दोलनमा संयुक्त रूपमा लागेको उनको अनुभव छ । गाउँगाउँमा पञ्चायत विरोधी चेतना जागृत गर्ने व्रmममा उहाँ चुरे र गोदावरी क्षेत्रमा खटिनुभएको थियो । उनीसँगै भीमबहादुर साउँद, प्रेमबहादुर साउँद, हर्कबहादुर सारु लगायतका कम्युनिस्ट नेताहरू सो अभियानका साथै कम्युनिस्ट पाटीर्को सङ्गठन बिस्तारमा रातदिन खटेका थिए । यस व्रmममा तत्कालीन प्रधान पञ्च, पुलिस प्रशासन तथा सरकारको आँखाको तारो बन्नुपरेको तथा पटक पटक भूमिगत जीवन बिताएको अनुभव पनि उनीसँग छ । राजनीतिक यात्रामा उहाँले तत्कालीन निरङ्कुश शासनबाट धेरै कष्ट यातना तथा २०४२ सालको बम काण्डपछि जेलजीवन पनि भोग्नुभएको छ । हालका गण्डकी प्रदेशका प्रमुख मा. डिल्लीराज भट्ट पनि उनँका निकट राजनीतिक सहयोद्धा र व्यावसायिक जीवनका सुखदुःखका सहयात्री हुनुहुथ्यो । राजनीति र व्यवसायीक जीवनका अर्का सहयात्री चन्द्रबहादुर मडै पनि थिए ।
नेकपाको सङ्गठित सदस्यता २०२६ सालमा लिई सुरुमा नेकपाको मनमोहन अधिकारी समूहमा रहेका योगी पछि २०३६ मा कैलाली जिल्ला सदस्य हुँदै २०४७ को नेकपा माले र माक्र्सवादीत्रिच एकता महाधिवशेन भई एकीकृत पार्टी एमाले बनेपछि सोही पार्टीको महाकाली अञ्चल सदस्य, दसौँ महाधिवेशन प्रतिनिधि हुँदै हाल केन्द्रीय सल्लाहकार परिषद्को सदस्य रहे । २०५४ सालको स्थानीय निर्वाचनमा सहजपुर गा.वि.स. वडा नं. ७ को वडाध्यक्षमा निर्वाचित योगीले २०६४ सालको संविधानसभा सदस्य पदका लागि भएको निर्वाचनमा भने हार बेहोरे । थुप्रै पटक पार्टीभित्र अन्तर्घातको सिकार पनि हुनु परे पनि हालसम्म पार्टी गतिविधिमा उत्तिकै सव्रिmय रहेका छन् र अनुजका लागि प्रेरणा बनेका छन् । सरकारको राजनीतिक पीडित कोषबाट प्राप्त ५० हजार रुपैयाँले उनले फल्टुडेमा घर संरचना बनाउन सहयोग पुगेको, बाँकी आफूसँग केही नभएको योगीको भनाइ छ ।
गाउँका डाक्टर योगी
समय चव्रmसँगै हरिशङ्कर योगीको जीवनले थुप्रै घुम्ती र मोड बेहोर्नुपरेको छ । २०२८–२९ सालतिर भारतबाट घर फर्किँएपछि उनी बिरामी भए । गाउँघरमै सामान्य उपचार गर्दा पनि निको नभएपछि भारतको बरेलीस्थित प्रेमसिंह अस्पतालमा उपचार गराए । पछि डडेल्धुरास्थित टिम अस्पतालबाट भारतको फोनसिका स्टेटमा टिबी रोगको उपचारका लागि सिफारिस बनाइमागेको र त्यसै सिफारिसका आधारमा भुवाली सिनेटेरियन अस्पतालमा निःशुल्क तीन महिनासम्म उपचार गरे । केही सन्चो भएपछि उनी हल्द्घानी आए । केही समय जीवन निर्वाहका लागि त्यहाँ खेतमा धान काट्ने काम पनि गरे । त्यसपछि त्यहाँको खुराना अस्पतालमा कम्पाउन्डरको काम सिक्दै र गर्दै गए ।
पछि उत्कृष्ट कम्पाउन्डर बने । सोही व्रmममा भारतीय आँखा रोग विशेषज्ञ डा. बोसी मुसलमानसँग भारतका विभिन्न ठाउँमा आँखा शिविरमा संलग्न भए । उनीसँगको सामिप्य र कामले योगीमा मेडिकल साइन्सका धेरै कुराको ज्ञान र सिप हासिल भयो । यसै व्रmममा नेपालमा तीन जना मात्र आँखा रोग विशेषज्ञ रहेको अवस्थामा उनको भेट नेपालका एक आँखा रोग विशेषज्ञ डा. चेतराज पन्तसँग हुन्छ । योगीको क्षमता र विज्ञताबाट प्रभावित भई डा. पन्तले नेपाल आएर सेवा गर्ने सल्लाह दिए । तलबमा कुरा नमिलेपछि योगीले नेपाल नआई भारतमै काम गरे ।
केही समयपछि नेपाल फर्किएर घरैमा औषधी बिव्रmी वितरण सुरु गरे । अनुमति पत्र नभएकाले उनले डा. चेतराज पन्तको सहयोगमा भेरी अञ्चल अस्पतालबाट औषधी बिव्रmी वितरणका लागि अनुमति पत्र पाउन सफल भए । ृनले २०३३ सालदेखि निरन्तर फल्टुडेमा मेडिकल सञ्चालन गरी गाउँमा स्वास्थ्य सेवा गरेका छन् । उनले २०४२ सालमा कास्कीको पोखरामा मेडिकल ओरिन्टेसन पाई नेपालगन्जबाट रिफ्रेसर पूरा गरे । यातायात, स्वास्थ्य, शिक्षा, चेतनाको अभाव भएको कठिन समयमा उहाँले गाउँठाउँका धेरै बिरामीको उपचार गरे, औषधी एि । त्यसैले धैरेले उनलाई डाक्टर भनेर पनि सम्बोधन गर्ने गर्दछन् । मेडिकल बन्द भएको एक दुई वर्ष मात्र भएको छ ।
उद्योगीको रूपमा योगी
बम्बईमा चौकिदारी गरेकोदेखि मेडिकल सञ्चालन गरी डाक्टरको रूपमा परिचित भएको अनुभव त योगीसँग छ नै । साथै उनले केही समय राजमार्ग निर्माण तथा खोटो सङ्कलनमा ठेकापट्टाको काम पनि रे । कञ्चनपुरमा टायल उद्योग पनि खोले । केही समय गोदावरीमा होटल पनि चलाए । कर्ममा विश्वास गर्ने र कामलाई सानोठुलो नठान्ने उनले २०३६ सालमा झ्याउ सङ्कलन गरी बिव्रmी गरेको पनि अनुभव छ । झ्याउ लगेर भारतको टनकपुर बेच्ने र आएको पैसाले मेडिकलका लागि औषधि किनेर ल्याउँथे । भारतका विभिन्न र उद्योग देखेको, काम गरेको, विभिन्न ठाउँ घुम्दा स्थानीय उत्पादनलाई कसरी व्यावसायीकरण गर्न सकिन्छ भन्ने बारेमा सोचिरहने योगीको सपना पनि कुनै कम्पनीको मालिक बन्ने थियो । त्यो ठुलो सपना पूरा हुन नसके पनि उद्यम र कर्मको फलको प्रेरक बन्दै उहाँले २०६१ सालमा बगैचुलामा ‘हाम्रो’ अचार उद्योग स्थापना गरे । एकपटक हरिद्वार जाँदा त्यहाँको अचार गल्लीबाट प्रभावित भएर उहाँमा त्यो सोच पलाएको थियो ।
हाल यो उद्योगबाट स्थानीय अमिलो, कागती, अदुवा, अमला, आँप, काँव्रmा आदिको अचार उत्पादन हुने गर्दछ । साथै बहुगुणसम्पन्न सिस्नोको धुलो पनि त्यहाँ पाइन्छ । त्यहाँ उत्पादित अचार र सिस्नो विभिन्न जिल्लासम्म निर्यात हुने गर्दछ । अमिलाको बोव्रmाको माग जर्मनीसम्म हुने गरेको उनको भनाइ छ । योगीले अचारसम्बन्धी विभिन्न तालिम लिनुका साथै प्रशिक्षण पनि गरे । युवालाई स्वदेशमै उद्यम गर्नुपर्छ भन्ने सन्देश उहाँको यस कर्मबाट पाइन्छ । रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रमा यसले ठुलो भूमिका खेलेको छ । हाल उनका छोरा बुहारी दिवाकर र मञ्जुबाट यो उद्योग सञ्चालन भइरहेको छ ।
पारिवारिक वियोग र दुःखका अप्रिय क्षण
यात्रारुपी जीवनको गोरेटोमा योगीले निकै उतारचढाव खेप्नुपरेको छ । शारीरिक, पारिवारिक दुर्दान्त क्षण भोग्नुपरेको छ । ११ वर्षकै उमेर जन्मदिने जननी उनले गुमाए । मातृवियोगको पीडा हरेक नाबालक सन्तानका लागि अत्यन्त पीडादायक हुन्छ । २०५० तिरको समयमा एकातिर व्यवसायमा अपेक्षाकृत सन्तोषजनक उपलब्धि नभएको बेलामा पार्टीका महासचिव मदन भण्डारीको दुःखद् र अकल्पनीय निधनले योगी निकै मर्माहत भए । राजनीति, व्यापार सबैतिरबाट बेखुसी मात्रै प्राप्त भइरहेका बेला पाँच कक्षामा अध्ययनरत पुत्र गुमाउनुको पीडा उनले खप्नुपरेको थियो । एउटा पिताका लागि योभन्दा ठुलो पीडा के नै होला र ? यस घटनाले उनको दैनिकी र जिन्दगी नै फेरियो । उनी गहिरो डिप्रेसनको सिकार भए । पीडा भुल्न मदिराको सहारा पनि लिए केही समय । एक दिन कान्छो छोराले गाएको भावुक गीतले फेरि योगी बदलिए । त्यही गीतकै कारण पुनः पुरानै लयमा फर्किए । तर समयका अगाडि कसको के नै लाग्छ र ? समयले उनलाई चोटमाथि चोट दिँदै गयो । २०५३ सालमा उनले पितृवियोगको अर्को चोट बेहोर्नुप¥यो । घरको बलियो खम्बा गुमाउँदाको अभाव उनलाई खट्किनै रह्यो ।
एकातिर पारिवारिक सदस्य गुमाउँदै जाँदाको पीडा थियो, त्यसमाथि आफ्नै शरीरले पीडा दिन थाल्यो । २०६५ भदौमा उनी बिरामी भए । वीर अस्पतालमा चेकजाँचका व्रmममा उनलाई एकै पटक सुगर, प्रेसर, प्रोस्टेड र युरिक एसिडको समस्या देखियो । उनी छाँगाबाट खसे झैँ भए । आत्मबल, साथीभाइ तथा पार्टीको सहयोगका कारण उपचार गरे पनि नियमित औषधि खानुपर्ने भयो । उता जीवनसँगिनी हरिकलालाई स्वास्थ्य समस्या देखिँदै गयो । उनलाई क्यान्सर भएको रहेछ । अब आफ्नोभन्दा श्रीमतीको स्वास्थ्यको ख्याल गर्नुपर्ने भयो । जीवन र भाग्य अन्धकार लाग्न थाल्यो । जति नै उपचार गरे पनि दैवका अगाडि कसैको केही लागेन र अन्ततः २०७१ भदौ १९ गते योगीबाट पत्नी हरिकलालाई सधैँका लागि टाढा बनायो । पत्नीवियोगको अर्को कथा उनको जीवनमा बुनिदियो निष्ठुर समयले । उनले एक्लो महसुस गरे । समय बित्दै गए पनि आफ्नो जीवनको सफलताकी साक्षी र सहयात्री जीवनसँगिनीलाई सम्झँदा अहिले पनि उनलाई जीवन फिक्का लाग्छ । आँसुले परेलाको बाटो गाला छुन खोज्छन् ।
समाजसेवामा योगी
आफूले जीवनमा धेरै दुःख, कष्ट गर्नु परे पनि, सङ्घर्ष र गरिबीबाट जिउनु परे पनि उनी समाजसेवामा निस्वार्थ भावले लागिरहे। द्वन्द्वको कठिन समयमा पनि उनले मेलकट्टेश्वर माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी सम्हाले । बयलामा हाइस्कुलका लागि जनमत जुटाउन असफल रहे पनि बयला स्कुलमा आगजनी गर्नेलाई पत्ता लगाउन उनले ठुलो पहल गरे । २०५९ देखि २०६७ सम्म अध्यक्ष बनेका उनले विद्यालयमा शिक्षक दरबन्दी, १० जोड दुई स्थापना तथा परीक्षा केन्द्र स्थापनका लागि ठुलो पहल गरे । विद्यालयको हितमा उनले थुप्रै पटक चन्दा सहयोग गरे ।
विकास निर्माणमा सल्लाह र सहयोग आज पनि निरन्तर गरिरहेका छन् । २०५४ सालमा वडाध्यक्ष हुँदा क्याम्पस बनाउने अवधारणासहित रकम जुटाउन समुदायलाई प्रेरित गरी आफूले पनि सहयोग गरेको, स्कुलको आयस्रोत जुटाउन सामुदायिक वन दर्ता गरेको, भैलो खेली आर्थिक स्रोत जुटाएको, अनुभव पनि उनीसँग छन् । २०६४ मा संविधानसभा सदस्य निर्वाचनमा पराजित भए पति सांसद् विकास कोषबाट प्रावि, निमावि, माविलाई व्रmमशः एक, दुई र तीन लाख अनुदान लिन सफल भए ।
स्कुलको महायज्ञका लागि दाता पहिचान गरी सहयोग जुटाउन पनि उनले भूमिका खेलेका छन् । फल्टुडे बजारको जग्गासम्बन्धी मुद्दामा ९ जना व्यापारीलाई अड्डा चलान गर्दा कमला नदीबाट छुटाई बजारको सीमा विवाद हल गरी अनाहकमा दुःख दिइएका १७ जना व्यापारीको जग्गा कायम गर्न भूमिका खेलेका थिए उनले । फल्टुडेमा इप्रका स्थापना गर्न पनि उनको भूमिका रहेको छ ।
ठुलो राजनीतिक र आर्थिक उपलब्धि हासिल नगरे पनि योगीले मेलकट्टेश्वर मावि, प्रहरी प्रधान कार्यालय, सुप क्षेत्रीय महोत्सव, नेपाल कम्युनिस्ट पार्टी, बयलागढी सामुदायिक वन, चुरे गापा, सिद्ध बाँसघारी सामुदायिक वन, भगवती सामुदायिक वन, ग्वाँसी सामुदायिक वन, निर्माण व्यवसायी सङ्घ, खाद्य मेला, काठमाडौँ आदि सङ्घसंस्थाबाट सम्मान पाएका छन् । जीवनको सत्तरीको दशकमा यात्रा गर्दै जाँदासम्म थुप्रै उकाली ओराली भागेका उनले धेरै व्यक्तिसँग सङ्गत गरेका छन् । अनेकौँ हन्डर खाएका छन् । उद्यमीलाई प्रेरणा, रोगीलाई मलम र राजनीतिमा लाग्नेलाई असल बाटो देखाउने उनको जीवनका भित्री पाना पल्टाउने जोसुकैले अभाव र पीडाबिच धैर्य बन्न सिक्छ । कर्म गरेर खान सिक्छ । समाज परिवर्तनका लागि योगदान दिन सक्छ । उनको निरन्तर क्रियाशीलता, सुस्वास्थ्य र दीर्घ जीवनको शुभकामना ।
प्रतिक्रिया