धनगढी । दार्चुलामा एक प्रहरी हवल्दार मृत फेला परेका छन् । महाकाली नगरपालिका– ४ बंगाबगरमा प्रहरी हवल्दार योग्रन्द्र घर्ती मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार बंगाबगरमा रहेको एक होटल पछाडि घर्ती मृत फेला परेका हुन् ।
स्थानीयले घर्तीको हत्या भएको बताएका छन् । घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको र अहिले दुई जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रतिक्रिया