ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली- ५ का एमाले उम्मेदवार ढुङ्गानाले सार्वजनिक गरे प्रतिबद्धता, धनगढीलाई महानगर बनाउने दाबी

शनिबार २४, माघ २०८२ ०८:२१

कैलाली । कैलाली- ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार यज्ञराज ढुङ्गानाले प्रतिबद्धता सार्वजनिक गरेका छन् । उनले सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पूर्वाधार र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।

उनले धनगढी उपमहानगरपालिकालाई महानगरपालिका बनाउन पहल गर्ने प्रतिबद्धता जनाए । उनले धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाका विभिन्न वडामा इन्टरनेट तथा आईटी सेवा विस्तार, विद्यालय, स्वास्थ्य संस्था र सरकारी कार्यालयमा डिजिटल पूर्वाधार सुदृढ गर्ने योजना अघि सारे ।

स्वास्थ्य क्षेत्रअन्तर्गत नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै निजी अस्पतालसम्म विस्तार गर्ने, सेती प्रादेशिक अस्पताललाई सङ्घीय सरकार मातहत ल्याई स्तरोन्नति गर्ने प्रतिबद्धता उनले जनाए ।

गेटामा सञ्चालनमा रहेको शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस अध्ययन सञ्चालन र ६ सय शय्याको अस्पताल स्थापना गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको उनले बताए ।

 

प्रतिक्रिया