ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

दार्चुलामा चरेससहित २ जना पक्राउ

शनिबार १९, पुष २०८२ ११:४८

धनगढी । दार्चुलामा चरेससहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका-७ सेल्प्यास्थित महाकाली करिडोरबाट लागुऔषध चरेससहित दुई युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा मालिकार्जुन गाउँपालिका-७ को डिङ्सीका ३० वर्षीय महेन्द्र सिंह धामी र २८ वर्षीय मधुकर उपाध्याय रहेका छन् । उनीहरु सवार से७प ५३९२ नम्बरको मोटरसाइकललाई शंकाका आधारमा चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक धामीको साथबाट ९१७ ग्राम चरेस बरामद गरिएको हो ।

उनीहरूको साथबाट १० हजार भारतीय रुपैयाँ र एक हजार ३५० नेपाली रुपैयाँ नगद समेत बरामद गरिएको छ ।

लागूऔषध चरेस, नगद र मोटरसाइकलसहित दुवै जनालाई प्रहरी चौकी जोलजीबीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया