ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बैतडीमा ४०७ जनाले बुझाए हातहतियार

बुधबार ०६, फागुन २०८२ ११:०२

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई ख्याल गरी बैतडीका ४०७ जनाले प्रहरी प्रशासनलाई हातहतियार बुझाएका छन् ।   

प्रमुख जिल्ला अधिकारी कृष्ण थापाका अनुसार जिल्लामा १ हजार ८६ थान हातहतियार रहेकामा हालसम्म ४०७ थान मात्र प्राप्त भएका छन् । उनले बाँकी हतियार बुझाउन सम्बद्ध व्यक्तिसँग आग्रह गर्दै निर्धारित समयभित्र नबुुझाए कारबाही हुने चेतावनी दिए । 

प्रशासनलाई बुझाइएका सबै हातहतियार र गोलीगठ्ठा चैत २० गतेपछि सम्बन्धित व्यक्तिलाई फिर्ता गरिने जनाइएको छ । निर्वाचनलाई भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न स्थानीय प्रशासनले अनुमतिप्राप्त हातहतियार बुझाउन आग्रह गरेको हो ।

प्रतिक्रिया