ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा साथीमाथि धारिलो हतियार प्रहार, एकजना पक्राउ

आइतबार २०, पुष २०८२ १०:२२

धनगढी । कैलालीको धनगढीमा आफ्नै साथीलाई धारिलो हतियार प्रहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँ बस्ने २२ वर्षीय शेखर मास्कीमगरलाई धारिलो हतियार प्रहार गरेको आरोपमा उनकै साथी डोटीको बडिकेदार गाउँपालिका–२ असुराका अंकित मास्कीमगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शेखरमाथि सुतेको अवस्थामा धारिलो हतियार प्रहार गरेको बताइएको छ । अंकित पनि शेखरसंगै सुतेका थिए । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले धनगढी उपमहानगरपालिका–१ अदालत रोड क्षेत्रबाट उनलाई पक्राउ गरिएको जानकारी दिए । धारिलो हतियार प्रहारबाट घाइते भएका शेखर मास्कीमगरेको कैलाली अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया