ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदामाथि छलफल

आइतबार २०, पुष २०८२ ०१:०४

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदामाथि धनगढीमा छलफल गरिएको छ । दीर्घकालीन विकासका लागि आधार तयार गर्न र भविष्यका योजनाहरूका लागि मार्गनिर्देशन प्रदान गर्नका लागि सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगले धनगढीमा कार्यक्रमको आयोजना गरेको हो ।  

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रममा दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदामाथि नीीत तथा योजना आयोग उपाध्यक्ष डा. जीवन रानाले प्रकाश पारिन् । पञ्चवर्षीय योजनाको मस्यौदा निर्माणका टीम लिडर डा. हेमराज लामिछानेले प्रदेशको दीर्घकालीन समृद्धि, समावेशी विकास, सुशासन र दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा नीतिगत तथा कार्यक्रमगत मार्गचित्रसहितको अवधारणा पत्र प्रस्तुत गरे । 

छलफलमा सहभागी सामाजिक विकासमन्त्री मेघराज खड्का, राज्यममन्त्री सरस्वती खड्का, आर्थिक मामिला राज्यमन्त्री प्रकास बम, प्रमुख सचिव वैकुण्ठप्रसाद अर्याल, प्रदेश सचिव विमलप्रसाद बराल, सुदूरपश्चिम प्रदेश अनसुन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक गेहेन्द्र बम लगायका वक्ताहरुले लगानीमैत्री आर्थिक वृद्धि र वित्तीय सुदृढीकरण, कृषि, पशुपालन र ग्रामीण अर्थतन्त्रको रूपान्तरण, उद्योग, उद्यमशीलता र रोजगारी सिर्जना, पर्यटन विकास र गन्तव्य प्रवर्द्धन, शिक्षा सुधार, सीप विकास र अनुसन्धान प्रवर्द्धन, स्वास्थ्य सेवा विस्तार र मानव विकास सुदृढीकरण, समावेशी सामाजिक विकास र सामाजिक न्याय, सन्तुलित पूर्वाधार र ऊर्जा विकास,वन, वातावरण, जलवायु परिवर्तन र विपद् जोखिम व्यवस्थापन, सुशासन, पारदर्शिता र संस्थागत क्षमता विकास,सङ्घ–प्रदेश–स्थानीय तह समन्वय तथा सहकार्य, दिगो विकास लक्ष्य, मानवकेन्द्रित र परिणाममुखी योजनाका विषयमा विचार राखे । 

कार्यक्रमलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दीर्घकालीन लक्ष्य प्राप्तिलाई केन्द्रमा राखी योजनाहरु अघि बढाउनुपर्ने आवश्यकता औँल्याए । उनले प्रदेशको समग्र विकासका लागि स्पष्ट दृष्टिकोण, दिगो नीति तथा परिणाममुखी कार्यक्रम अपरिहार्य रहेको बताए । 

प्रतिक्रिया