धनगढी । सुदूरपश्चिम प्रदेशसभाको आज बोलाइएको बैठक स्थगित भएको छ । आज दिउँसो २ बजे बैठक बोलाइएको थियो ।
सभामुखको आदेशानुसार अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए ।
जेनजी आन्दोलनकारीले तोडफोड र आगजनी गरेपछि चार महिनासम्म प्रदेशसभाको बैठक बस्न सकेको थिएन ।
सभा भवन मर्मतपछि केही दिन अगाडिबाट मात्रै प्रदेशसभाको बैठक पुनः सुरु भएको थियो ।
प्रतिक्रिया