ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमका यी दुई राष्ट्रियसभा सदस्यको सकिदैछ पदावधि

बुधबार २३, पुष २०८२ १०:३१

धनगढी । सुदूरपश्चिममा दुई जना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदै छ । निर्वाचन कार्यतालिकाअनुसार आज १० बजदेखि मनोनयन सुरु भएको छ भे दिउँसो ३ बजेसम्म चल्ने छ । 

छ वर्र्षअघि सुदूरपश्चिमबाट विजयी भएका तारामान स्वाँर र शारदादेवी भट्टको पदावधि २१ फागुनमा सकिन लागेको कारण निर्वाचन भइरहेको हो । ०७६ साल माघमा उनीहरु तत्कालीन नेकपाबाट उम्मेदवार भएर विजयी भएका थिए । अहिले भट्ट एमाले र स्वाँर नेपाली कम्युनिस्ट पार्टीमा छन् । 

११ माघमा हुने निर्वाचनका लागि एमालेले उम्मेदवार टुंगो लगाइसकेको छ । सुदूरपश्चिममा लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाउने एमालले निर्णय गरेको हो । चार दलबीच भएको सहमतिअनुसार अर्को सिट कांग्रेसले पाएको छ । कांग्रेसले उम्मेदवार टुंगो लगाउन बाँकी छ । 
 

प्रतिक्रिया