धनगढी । सुदूरपश्चिम प्रदेशमा दुई जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदै छ । एमालेका शारदादेवी भट्ट र नेपाली कम्युनिस्ट पार्टीका तारामान स्वाँरको पदावधि सकिन लागेपछि उनीहरुको स्थानमा निर्वाचन भइरहेको हो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज ३ बजेसम्म मनोनयन दर्ताको समय रहेको छ । यस्तै, कांग्रेसले अन्य क्लस्टरबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । खाती पूर्वमहान्यायाधीवक्ता हुन् ।
एमालेले भने केन्द्रीय सदस्य लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । भण्डारी पूर्वमाओवादी हुन् । पहिलो संविधानसभामा माओवादीका तर्फबाट कैलाली–६ बाट निर्वाचित भण्डारीले २०६७ सालमा शिक्षा राज्यमन्त्रीको जिम्मेवारी समेत भएकी थिइन् । माओवादीपछि नयाँ शक्तीमा गएकी उनी २०७५ सालदेखि एमालेमा छिन् ।
यस्तै एमाले र कांग्रेससंग सिट बाठफाँटमा सहमति नजुटेपछि नेपाली कम्युनिस्ट पार्टीले पनि उम्मेदवारी दर्ताको तयारी गरेको छ । माओवादी पृष्ठभूमीका टीकाराम जैसी र एकीकृत समाजवादी हुँदै नेपाली कम्युनिस्ट पार्टीमा गएकी रोजी बस्नेत सुनारलाई राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार बनाउने तयारी रहेको पार्टीले जनाएको छ ।
प्रतिक्रिया