धनगढी । राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । अन्यतर्फ टीकाराम जैसी र महिलातर्फ रोजी बस्नेत सुनारले उम्मेदवारी दर्ता गराएका हुन् । जैसी माओवादी पृष्ठभूमीका नेता हुन् भने बस्नेत एकीकृत समाजवादी हुँदै नेपाली कम्युनिस्ट पार्टीमा गएकी हुन् ।
प्रदेशमा दुई जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदै छ । एमालेका शारदादेवी भट्ट र नेपाली कम्युनिस्ट पार्टीका तारामान स्वाँरको पदावधि सकिन लागेपछि उनीहरुको स्थानमा निर्वाचन भइरहेको हो ।
यस्तै, कांग्रेस र एमालेले भने गठबन्धन गरेर मनोनयन दर्ता गरिरहेका छन् । कांग्रेसले अन्य क्लस्टरबाट पूर्वमहान्यायाधीवक्ता खम्मबहादुर खातीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमालेले भने महिलातर्फबाट केन्द्रीय सदस्य लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । भण्डारी पूर्वमाओवादी हुन् ।
प्रतिक्रिया