ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा कांग्रेस–एमालेबाट खाती र भण्डारीले गरे उम्मेदवारी दर्ता

बुधबार २३, पुष २०८२ ०२:५१

धनगढी । राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिममा कांग्रेस र एमालेको गठबन्धनबाट पनि उम्मेदवारी दर्ता भएको छ । कांग्रेसबाट खम्मबहादुर खाती तथा एमालेबाट लीलाकुमारी भण्डारीको मनोनयन दर्ता भएको हो । खाती पूर्वमहान्यायाधीवक्ता हुन् भने माओवादी पृष्ठभूमीकी भण्डारी पूर्वराज्यमन्त्री हुन् । 

कांग्रेस–एमालेको गठबन्धनविरुद्व यसअघि नै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट दुई जनाले उम्मेदवारी दर्ता गराइसकेका छन् । अन्यतर्फ टीकाराम जैसी र महिलातर्फ रोजी बस्नेत सुनारले उम्मेदवारी दर्ता गराएका हुन् ।

जैसी माओवादी पृष्ठभूमीका नेता हुन् भने बस्नेत एकीकृत समाजवादी हुँदै नेपाली कम्युनिस्ट पार्टीमा गएकी हुन् । प्रदेशमा दुई जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदै छ । एमालेका शारदादेवी भट्ट र नेपाली कम्युनिस्ट पार्टीका तारामान स्वाँरको पदावधि सकिन लागेपछि उनीहरुको स्थानमा निर्वाचन भइरहेको हो ।

प्रतिक्रिया