ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डडेल्धुरा अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द

बुधबार २३, पुष २०८२ ०४:५३

धनगढी । डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकर ओझामाथि दुर्व्यवहार भएको छ । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतले आज अस्पतालका अध्यक्ष ओझालाई कार्यकक्षमै मोसो दलेको हो ।

कम्युनिस्ट युवा संगठन नेपाल डडेल्धुराका अध्यक्ष सहविरद्धारा हस्ताक्षरित आरोपत्रमा डडेल्धुरा अस्पतालका अध्यक्ष ओझामाथि जनकारबाही भन्दै १० बुँदे आरोप लगाइएको छ । अध्यक्ष ओझाको नेतृत्वमा अस्पतालमा अनियमितता भएको आरोप संगठनको छ । 

यस्तै अध्यक्ष ओझामाथि दुर्व्यवहार भएको भन्दै भोलिदेखि अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द रहने जनाइएको छ । विकास समितिले विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाहीको दायरामा नल्याएसम्म आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द रहने जनाएको छ ।

प्रतिक्रिया