ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बैतडीमा जिप दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु

सोमबार २८, पुष २०८२ ११:३९

धनगढी । बैतडीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको पाटन नगरपालिका– ८ साढीघाँटीमा म १ ज २२४ नम्बरको जिप दुर्घटना भएको हो ।

कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायले तीन जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । मृतकको सनाखत हुन बाँकी रहेको डीएसपी रायले बताए ।

उनका अनुसार घाइते पाँच जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । खोड्पे– बझाङ जोड्ने सडमा दुर्घटना भएको हो । दुर्घटनाको कारण खुलेको छैन ।

प्रतिक्रिया