राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक बन्दसूचीमा हेरफेर गरेको छ । दलित पुरुषको क्लस्टरमा पनि केही फेरबदल भएको छ । नाम फिर्ता लिने दबाब परे पनि प्रकाश सपुत दोस्रो नम्बरमा यथावत् छन् । यसअघि सूचीमा छुटेका विजय जैरुको इन्ट्री भएको छ ।
प्राइमरीमा दलिततर्फ सर्वाधिक मत ल्याएका कञ्चनपुरका जैरुलाई बन्द सूचीमा नराखेकोमा आलोचना भएको थियो । उनलाई चौंथो नम्बरमा राखिएको छ । यसअघि चौंथो नम्बरमा रहेका रामजी रामले नाम फिर्ता लिएका छन् । दलित पुरुषको पहिलो नम्बरमा रुपक विश्वकर्मा घिमिरे यथावत् रहे ।
दलित महिला क्लस्टरमा उज्यालो नेपालबाट आएकी रिमा विश्वकर्मालाई पनि यथावत् राखिएको छ । यस्तै, उज्यालोबाट आएका डा. अभिषेकराज सिंहलाई पनि मधेसी क्लस्टरको चौंथो नम्बरमा छन् ।
प्रतिक्रिया