ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा एमालेले कुन क्षेत्रमा कसलाई बनायो उम्मेदवार ?

शनिबार ०३, माघ २०८२ १०:४३


धनगढी । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचन लड्ने उम्मेदवारको नाम टुंगो लगाएको छ । आज बसेको सचिवालय बैठकले उम्मेदवारको टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

उनका अनुसार कैलाली १ मा द्वारिका न्यौपाने, २ मा सूर्यबहादुर थापा, ३ मा गौरीशंकर चौधरी, ४ मा लेखराज भट्ट र ५ मा यज्ञराज ढुङ्गाना चुनाव लड्ने भएका छन् ।

यस्तै कञ्चनपुर १ मा कमला बोहरा, २ मा वचनबहादुर सिंह र ३ मा दीपक भट्ट तथा अछाम १ मा झपटबहादुर बोहरा र २ मा यज्ञ बोगटी उम्मेदवार बन्ने भएका छन् ।

उपमहासचिव भट्टका अनुसार बाजुरामा लालबहादुर थापा, डोटीमा दीपक धामी, डडेल्धुरामा चक्र स्नेही, बझाङमा अफिलाल ओखेडा, बैतडीमा दामोदर भण्डारी र दार्चुलामा गणेशसिंह ठगुन्ना उम्मेदवार बन्ने भएका छन् । 

प्रतिक्रिया