धनगढी । सुदूरपश्चिम प्रदेश सुरक्षा समितिको बैठकले निर्वाचनका लागि आवश्यक सामग्री संघीय सरकारसँग माग गर्ने निर्णय गतेको छ ।
समितिको आइतबार प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहको प्रमुख आतिथ्यतामा बसेको बैठकले ड्रोन, सिसिटिभी क्यामरा, सवारी साधन लगायतको व्यवस्थापनका लागि संघीय सरकारसँग आग्रह गर्ने निर्णय गतेको हो । समितिले प्रदेश सरकारबाट व्यवस्थापन गर्न सकिने विषयमा प्रदेशका सम्पुर्ण निकायहरुलाई सहजीकरणका लागि निर्देशन दिने निर्णय समेत गरेको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्कीको संयोजकत्वमा सम्पन्न बैठकले २०८२ फागुन २१ हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा समग्र प्रदेशको शान्ति सुरक्षाको अवस्था, निर्वाचन लक्षित सुरक्षा चुनौतीहरु र प्रदेशको एकिकृत निर्वाचन सुरक्षा रणनीतिका विषयमा चारवटै सुरक्षा निकायबाट विस्तृतमा समिक्षा गरेको छ । बैठकले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न एकिकृत सुरक्षा रणनीति अनुसार प्रभावकारी भुमिका निर्वाह गर्ने निर्णय पनि गरेको छ ।
निर्वाचनको समयमा समाजमा फैलिन सक्ने नकरात्मक सूचनाहरु तथा अन्य गतिविधिहरुलाई सुक्ष्म ढंगले निगरानी गर्न चारवटै सुरक्षा निकायहरुले एकिकृत ढंगले विशेष टोली वनाई काम गर्ने, राजनीतिक र प्रशासनिक रुपमा समेत नकरात्मक सुचनाहरु प्रति सजगता अपनाउने निर्णय गरिएको छ ।
निर्वाचन आचारसंहितालाई प्रदेश सरकार र अन्तर्गत सम्पुर्ण निकायहरु, आम नागरिकहरु एवं संघसंस्थाहरुलाई आचारसंहिताको अक्षरश पालना गर्न प्रदेश सरकारले आवश्यक समन्वय र सहजीकरण गर्ने तथा सोको नियमित अनुगमन गर्ने पनि बैठकले गरेको छ ।
बैठकमा प्रदेशस्तरीय चारवटै सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारीहरू तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया