धनगढी । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले प्रनिधिनि सभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ मा दिएको उम्मेदवारी विरुद्ध उजुरी परेको छ ।
आज दिउँदो तीन बजेसम्म उम्मेदवारी विरुद्ध दावी विरोधका लागि निर्वाचन आयोगले दिएको समयमा स्वतन्त्र उम्मेदवार सत्यनारायण भट्टराईले रेशमलाल उम्मेदवार हुन अयोग्य रहेको दावी सहित उजुरी दर्ता गराएका छन् । क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत देवीराज भारतीले सर्वोच्च अदालतले २०७२ साउन ७ गते भएको टीकापुर घटनामा दोषी ठहर गरेको हुँदा उनको उम्मेदवारी बदर गर्न माग गर्दै उजुरी परेको बताए ।
प्रतिक्रिया