काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज विभिन्न देशका लागि नवनियुक्त राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा रुसी महासङ्घका लागि नवनियुक्त राजदूत जङ्गबहादुर चौहान, संयुक्त अधिराज्यका राजदूत चन्द्रकुमार घिमिरे, स्पेनका राजदूत शनिल नेपाल, गणतन्त्र कोरियाका राजदूत डा. शिवमाया तुम्बाहाङ्फे र गणतन्त्र भारतका राजदूत डा. शङ्करप्रसाद शर्माले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
त्यस अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको जनाइएको छ ।
प्रतिक्रिया