काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्यालले पाएका छन् ।
सोमबार पार्टी कार्यालय बालाजुमा बसेको सचिवालय बैठकले उपाध्यक्ष अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।
सभापति रवि लामिछाने अहिले प्रहरी हिरासतमा छन् । उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ ।
प्रतिक्रिया