काठमाडौँ । धनगढीका लागि उडेको श्रीएयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौँ फिर्ता भएको छ ।
गन्तव्यमा अवतरण हुन नसकेपछि जहाज काठमाडौँ फर्किएको हो । जहाज अवतरण हुन नसकी काठमाडौँ फर्कदा विमानस्थलमा केहीबेर यात्रुले असन्तुष्टि जनाएका थिए ।
एयरलाइन्सले टिकट फिर्ता गर्न चाहने यात्रुको पैसा फिर्ता गर्ने र जान चाहने यात्रुलाई मंगलबार बिहानको उडानमा धनगढी पठाइने बताएको थियो ।
जहाज धनगढीका लागि काठमाडौँबाट ९ः४५ बजे उडेको थियो । धनगढी विमानस्थल अवतरणका लागि पटकपटक प्रयास गर्दासमेत सम्भव नभएपछि राति १२ बजे जहाज काठमाडौँ फिर्ता भएको थियो । मौसम बिग्रेका कारण जहाज अवतरण हुन नसकेको बताइएको छ ।
उडानमा चालक दलका सदस्यसहित ८० यात्रु थिए ।
प्रतिक्रिया