ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अब सुदूरलाई सुन्दर बनाउनुपर्छ : रिमा विश्वकर्मा

बुधबार ०६, फागुन २०८२ ०२:४४

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी नेता रिमा विश्वकर्माले पार्टीले सुदूरलाई सुदूर होइन, सुन्दर बनाउनुपर्छ भन्ने मान्यताका साथ धनगढीमा सभाको आयोजना गरिएको बताएकी छन् ।

सभामा बोल्दै उनले रास्वपा आम जनतामा लोकप्रिय बन्दै गएको र सोहीअनुसार जिम्मेवारी बहन गर्नुपर्ने धारणा राखिन् ।

कार्यक्रम सञ्चालन गर्दै उनले सभामा संयमताको परीक्षा दिनुपर्ने बताइन् । आफ्नो विचार राख्ने क्रममा उनले कसैलाई गाली गर्ने आफ्नो पार्टीको सिद्धान्त नभएको समेत बताइन् ।

‘कसैका विरुद्धमा नाराबाजी गर्ने छैनौँ । हामीले यो सभाबाट परीक्षा दिनुपर्ने छ’, उनले भनिन् ।

प्रतिक्रिया