धनगढी । कञ्चनपुरमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–४ की २८ वर्षीया मनीका कठरीयाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–७ खैरेनीस्थित निर्माणाधीन घरमा काम गर्ने क्रममा करेन्ट लागेको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएकी उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर हुँदै नवजीवन अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
प्रतिक्रिया