धनगढी । बैतडीमा चट्याङ लागेर चार जना घाइते भएका छन् । जिल्लाको शिवनाथ गाउँपालिका–२ पोखरामा चट्याङ लागेर चार जना घाइते भएका हुन् ।
स्थानीय गोपाल दमाईको घरमा चट्याङ पर्दा उनकी ३५ वर्षीया श्रीमती पवानी दमाइ, २० वर्षीया बुहारी कविता दमाई, १३ वर्षीय छोरा लोक दमाई र ११ वर्षीया छोरी लक्ष्मी दमाई घाइते भएका हुन् ।
घाइते चारै जनाको पाटनस्थित डिएस पोलिक्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । यस्तै चट्याङ लागेर गोपाल दमाईका एक गोरु पनि मरेको छ । यस्तै, चट्याङले सुर्नया गाउँपालिका–६ स्थित धुलिधार गाउँमा ५ पशुचौपाया मरेका छन् ।
प्रतिक्रिया