ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

दुई दिन सुदूरपश्चिममा थिए प्रधान सेनापति, के–के गरे ?

आइतबार १४, पुष २०८१ ११:४७

धनगढी । प्रधान सेनापति अशोकराज सिग्देलले सुदूरपश्चिमका विभिन्न जिल्लामा निरीक्षण भ्रमण गरेका छन् । सिग्देलले सुदूरपश्चिम पृतना तथा अन्तर्गतका युनिटहरुको निरीक्षण भ्रमण गरेका हुन् । 

पुस १२ र १३ गते भएको उक्त भ्रमणको क्रममा उनले पृतना तथा अन्तर्गतका युनिटहरूको जिम्मेवारी क्षेत्रको वस्तुस्थितिबारे जानकारी लिउका छन् । यस्तै प्रधान सेनापछि सिग्देलले सकलदर्जालाई सम्बोधन पनि गरेका थिए । 

प्रधान सेनापति सिग्देलले बैतडीस्थित श्रीवक्स गुल्म, बझाङस्थित बीरभद्रजंग गुल्म र डोटी जिल्लाको सिलगढीस्थित भैरवप्रसाद गणले सञ्चालन गरिरहेको सामुहिक तालिमको निरीक्षण पनि गरेका छन् । 

नेपाली सेनाले दिएको जानकारीअनुसार तालिमको निरीक्षणको क्रममा प्रधान सेनापतिले सामुहिक तालिमको विविध पक्षहरुका बारेमा जानकारी लिनुका साथै तालिमरत सकलदर्जालाई सम्बोधन गरेका थिए । सिग्देल शनिबार काठमाडौं फर्केका छन् । 

यस्तै, प्रधान सेनापति सिग्देलले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालसंग पनि भेट गरेका छन् । हमालको निवासमै पुगेर प्रधान सेनापतिले स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उनले स्वास्थ्य लाभको कामना गरेका थिए । हमाल मस्तिष्कमा पक्षघात भएपछि १७ दिन अस्पतालमा उपचार गराएर एक साताअघि धनगढीस्थित निवास फर्केका थिए । 

प्रतिक्रिया