धनगढी । कैलालीको धनगढीमा भुवा पर्व सुरु भएको छ । बाजुरेली सेवा समाज धनगढीको आयोजनामा धनगढी उपमहानगरपालिका–१ खुल्ला मञ्चमा पर्व मनाउन सुरु गरिएको हो ।
समाजका सचिव भरत केसीका अनुसार भुवा पर्व तीन दिनसम्म उत्सवका रुपमा मनाइने छ । उनका अनुसार भुवा प्रदर्शनीसंगै प्रतियोगिता पनि आयोजना गरिएको छ ।
प्रतियोगितामा कैलालीको चौमला, रामशिखरझाला, अत्तरिया, फुलबारी, सुर्मादेवी समाज धनगढी र बाजुरेली सेवा समाजको टिम सहभागिता हुने छ ।
सुदूरपश्चिमका बाजुरा, बझाङ, अछामलगायत जिल्लामा भुवा पर्व प्रत्येक वर्ष पुसे औँसीको अघिल्लो दिनदेखि सुरू हुन्छ । पछिल्लो समय सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा पनि यो पर्व मनाउन थालिएको हो ।
द्वापरयुगमा पाण्डव र कौरवबीचको लडाइँ सकिएपछि पाण्डवको विजयसँगै खुसियाली मनाएको दिनलाई स्मरण गर्दै विभिन्न स्थानमा भुवो खेल्ने गरिन्छ ।
प्रतिक्रिया