डडेल्धुरा । डडेल्धुरामा ‘प्रथम सुदूरपश्चिम मेयर फोरम २०८१’ आजदेखि सुरु भएको छ । डडेल्धुराको परशुराम नगरपालिकाको आयोजनामा परशुराम धाममा दुई दिने मेयर फोरम सुरु भएको हो ।
मेयर फोरमको सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले उद्धघाटन गरे । मेयर फोरममा सुदूरपश्चिम प्रदेशका उपमहानगरपालिका र नगरपालिकाका मेयर तथा गाउँपालिकाका अध्यक्षहरूको सहभागिता रहेको छ ।
सुदूरपश्चिम प्रदेशका अवसर र चुनौतीको विषयमा छलफल सञ्चालनका लागि मेयर फोरमको आयोजना गरिएको परशुरामका मेयर भरत बडायर जोशीले बताए ।
प्रतिक्रिया