टीकापुर । कैलालीको टीकापुरमा आख्यानकार स्वर्गीय गगनसिंह थापाको नवौँ कृति उपन्यास ‘मेरा गाउँको खड्क्या मन्त्री’ विमोचन रिएको छ ।
पञ्चायती शासन व्यवस्था र प्रजातन्त्र स्थापनाको परिवेशमा विपन्न, उत्पीडित समुदायका खड्कबहादुर नेपाली र उनकी धर्मपत्नी धौंरी नेपालीलाई मुख्य पात्र बनाएर लेखिएको उपन्यासको लोकार्पण नेपाली दम्पतीले नै गरे ।
गगन फाउन्डेसनले प्रकाशन गरेको उपन्यासमा खड्कबहादुर र उनको परिवारले भोगेको समस्या, पीडा, दैनिक जीवनयापनसहित कर्णाली सभ्यताको व्याख्या गरिएको छ ।
आख्यानकार स्वर्गीय थापाका यसअघि अस्ताचलको ढोकाबाट, कर्णालीको छेउछाउ, पूर्खाको चिठी गरी आठ वटा कृति प्रकाशित छन् ।
प्रतिक्रिया