ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढी सबैभन्दा बढी प्रदूषित

बुधबार १७, पुष २०८१ ०२:१८

धनगढी । वायुको गुणस्तरका आधारमा सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी सबैभन्दा प्रदूषित बनेको छ । पछिल्लो २४ घण्टाको वायुको गुणस्तरका आधारमा देशभरका छ वटा सहर अस्वस्थकरको सूचीमा छन् । 

वातावरण विभागका अनुसार कैलालीको धनगढीसंगै उपत्यकाका रत्नपार्क र खुमलटार, दाङको देउखुरी, धनुषाको जनकपुर र चितवनको भरतपुरमा २४ घण्टाको औसत ‘एयर क्वालिटी इन्डेक्स’ एक्यूआई १५१ भन्दा माथि छ ।

सबैभन्दा धेरै एक्यूआई धनगढीमा १७४ छ । यस अवधिमा धनगढीको वायुमा पीएम पर्टिकुलेट म्याटर २.५ को मात्रा बढेर १०६.३२८ माइक्रोग्राम प्रतिघनमिटर पुगेको विभागको रेकर्ड छ । 

विश्व स्वास्थ्य संगठन डब्लूएचओले एक्यूआई १५० भन्दा माथि रहेको वायु अस्वस्थकर मानेको छ । 

प्रतिक्रिया