ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अब एआई क्याल्कुलेटरले गर्नेछ मृत्युको भविष्यवाणी

सोमबार ०३, मङि्सर २०८१ ०१:०९

काठमाडौं । आफ्नो मृत्यु कहिले हुन्छ ? भन्ने कुरा हामी कसैलाई पनि थाहा हुँदैन । मृत्यु एकदिन अवश्य हुन्छ । तर, यसको मिति अनिश्चित छ र भविष्यवाणी गर्न सकिंदैन ।

विज्ञान र प्रविधिमा भएको चरम विकासका बाबजुत मानिसले आफ्नो मृत्युलाई रोक्न वा मृत्युको ठ्याक्कै भविष्यवाणी गर्न सकेको छैन । तथापि हालै प्रकाशित एक शोध अनुसार अब मृत्युको पनि भविष्यवाणी गर्न सकिनेछ, त्यो पनि केबल २ मिनेटमै ।


आर्टिफिसियल इन्टेलिजेन्सको माध्यमबाट मृत्युको समय वा जोखिम गणना गर्न सकिनेछ, त्यसको अनुमान गर्न सकिनेछ । बेलायतको नेसनल हेल्थ सर्भिससँग सम्बन्धित दुईवटा अस्पतालले उक्त मृत्यु गणकको परीक्षण छिट्टै नै गर्दैछन् । मुटुले जब रगत पम्प गर्न छाड्छ, सरीरमा विभिन्न खालका समस्या पैदा हुन थाल्दछन् र यसबाट मानिसको मृत्यु हुन्छ । मृत्युमा १० मध्ये ८ घटना यसैगरी हुन्छन् ।

प्रतिक्रिया