ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

ग्राहकले सोधेका प्रश्नको जवाफ दिने छ ‘मैना’ रोबोटले

सोमबार ०३, मङि्सर २०८१ ०१:२१

काठमाडौं । नेपाल टेलिकमले सुन्धारास्थित कार्यालयमा ग्राहक प्रतिनिधिको काम गर्न रोबोट राखिएको छ । ‘बलियो भेन्चर’ नामक कम्पनीले निर्माण गरेको यो रोबोटले ग्राहक प्रतिनिधिले दिने सम्पूर्ण किसिमका जानकारी दिने छ । टेलिकमको सेवा, नयाँ प्याकेजको जानकारी र कार्यालयमा आउने सेवाग्राहीले राखेका जिज्ञासा मेटाउन रोबोट उपयोगी हुने जनाइएको छ ।

‘मैना’ नाम दिइएको यो रोबोट प्रयोग गर्न सबैभन्दा पहिले रोबोटको अगाडि जानुपर्ने हुन्छ । त्यसपछि डिस्प्लेमा रहेको ‘अगाडि बढ्नुहोस्’ लेखिएको बटनमा ट्याप गर्नुपर्ने हुन्छ । त्यसपछि रोबोटलाई प्रश्न गर्नुपर्ने हुन्छ ।

रोबोटले त्यही अनुसार प्रश्नको जवाफ दिने कम्पनीले जनाएको छ । ग्राहकले सोधेका सबै प्रश्नको जवाफ तत्कालै ग्राहक प्रतिनिधिले दिन नसक्ने भएकाले सबैखाले जवाफ दिन यो रोबोट उपयुक्त हुने कम्पनीको विश्वास छ ।

दुई वर्ष मेहनत गरेर ल्याइएको यो रोबोट विदेशी सेवाग्राहीका लागि पनि उपयुक्त हुने कम्पनीको विश्वास छ । खासमा यो रोबोट एक किसिमको एआई च्याटबट हो । कम्पनीले अझ धेरै डेटाबाट तालिम दिएर यसलाई सेवाका लागि चुस्तदुरुस्त बनाउने योजना ल्याएको छ ।

रोबोटमा भएका सबै प्रविधि नेपालकै इन्जिनियरले तयार पारेका हुन् । रोबोटले मान्छेले सिकाएको कुरा समेत तत्काल ग्रहण गर्न सक्छ । यसकारण रोबोट दिनानुदिन परिष्कृत हुँदै जाने बताइएको छ ।

प्रतिक्रिया