ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

चीनमा कोरोनाकै लक्षण रहेको एचएमपीभी भाइरसको सङक्रमण फैलियो

शनिबार २०, पुष २०८१ ०१:२६

एजेन्सी- चीनमा ह्यूमन मेटान्यूमो अर्थात् एचएमपीभी भाइरसको सङक्रमण फैलिएको छ। कोरोना भाइरसका जस्तै लक्षण रहेको यो सङक्रमणबाट सयौं नागरिक बिरामी परेका छन्। अस्पतालमा यस्ता लक्षणसहित बिरामीको चाप बढ्दो छ। पाँच वर्षअघि चीनबाट कोरोना महामारी फैलिएको थियो। अहिले फैलिएको एचएमपीभी भाइरसबाट साना बालबालिका र कमजोर समूहमा पर्ने वृद्धवृद्धा, दीर्घरोगी उच्च जोखिममा रहेका स्वास्थ्यकर्मीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। 

चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र ९सीडीसी० का अनुसार यो भाइरसबाट सङ्क्रमितमा खोकी लाग्ने, ज्वरो आउने, नाक बन्द हुने र घाँटीमा समस्या देखिने जस्ता लक्षण छन्। खोक्दा र हाँच्छ्यु गर्दा भाइरस फैलिने जोखिम धेरै हुने र भाइरसको असरले ब्रोन्काइटिस र निमोनिया हुनसक्ने चेतावनी दिइएको छ। 

चीन सरकारले अहिले देखा परेको भाइरसलाई नियन्त्रण गर्न नयाँ निगरानी प्रणालीको परीक्षण गरिरहेको जनाएको छ। सन् २००१ मा पहिलो पटक फेला परेको एचएमपीभी भाइरस सबै मौसममा जीवित रहन सक्ने र तर चिसो मौसममा फैलिने सम्भावना धेरै रहने डाक्टरको भनाइ छ । डाक्टरले कोरोना महामारी जस्तै यो भाइरसले पनि अर्को स्वास्थ्य सङ्कट निम्त्याउन सक्ने हो की भन्ने चिन्ता व्यक्त गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया