काठमाडौँ । आइतबार बिहान धनगढीसहित तराईका अधिकांश विमानस्थलको उडान प्रभावित बनेको छ । पर्याप्त भिजिबिलिटी नभएका कारण उडान प्रभावित बनेको हो ।
धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा, जनकपुर, विराटनगरलगायत विमानस्थलमा उडान-अवतरणका लागि पर्याप्त भिजिबिलिटी नरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
तुम्लिङटार, विराटनगर, जनकपुर र नेपालगञ्जको भिजिबिलिटी सुधारोन्मुख रहेको छ । वायुसेवा कम्पनीहरुका अनुसार आज बिहान भद्रपुर, भरतपुर र पोखराबाहेकका विमानस्थलमा उडान हुन सकेन ।
प्रतिक्रिया