धनगढी । कैलालीमा जंगली जनावर मार्न तार बिछ्याएको घटनामा चार जना पक्राउ परेका छन् । गत भदौमा गौरीगंगा नगरपालिका-१ को मौवारी सामुदायिक वनमा जनावर मार्नका लागि बिछ्याइएको नाङ्गो तारमा परेर सोही ठाउँ बस्ने २० वर्षीय आदित्य चौधरी घाइते भएका थिए ।
उक्त घटनामा गौरीगंगा-३ बस्ने ३५ वर्षीय धनीराम चौधरी, ४० वर्षीय शनिराम चौधरी, ३२ वर्षीय बाबुराम चौधरी र २६ वर्षीय बिनु चौधरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्र सिंह बोहराले बताए ।
उनीहरूविरूद्व ज्यान मार्ने उद्योग शीर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको बोहराले बताए । घाइते भएका आदित्य भने उपचारपछि घर फर्किसकेका छन् ।
प्रतिक्रिया