ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

नेपाली मूलका पहलसिंह अंधेरीबाट स्वतन्त्र उम्मेदवार

सोमबार ०३, मङि्सर २०८१ ०१:४२

धनगढी । नेपाली मूलका पहलसिंह धनसिंह आउजी भारतको निर्वाचनमा उम्मेदवार बनेका छन् । अछामको  प्रभाकोटमा जन्मिएका आउजी १६६ अंधेरी पूर्व विधानसभा निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवार बनेका हुन् ।  

भारतको महाराष्ट्रस्थित मुम्बईमा विगत लामो समयदेखि स्थायी बसोबास गर्दै आएका उनी समाजसेवी र सफल व्यवसायीका रूपमा परिचित छन् । सोहीअनुसार उनी महाष्ट्रको विधानसभामा स्वतन्त्र उम्मेदवारको रूपमा चुनाव चिह्न ट्युबलाइट लिएर अंधेरीको विधानसभा १६६ निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका हुन् । 

उनले मतदाताको विश्वास र आफ्नो कामका आधारमा चुनावी मैदानमा खडा भएको जानकारी दिए । उक्त निर्वाचन आगामी डिसेम्बर २० मा हुँदैछ । २०३५ सालमा रोजगारीका लागि भारत आएका उनी सन् २०१२ देखि स्थानीय राजनीति र सामाजिक सेवामा संलग्न रहँदै आएका छन् । यसअघिका निर्वाचनमा पनि उनले निर्वाचनमा आफ्नो उम्मेदवारी दिँदै आएपनि जित भने हात पार्न सकेका छैनन् । 

भारतमा नेपाली समूदायबीच परिचित उनले आफूलाई यो निर्वाचनमा जिताउन सबैसँग आग्रह गरेका छन् । सोहीअनुसार उनले आफ्नो चुनाव प्रचार प्रसार समेत गरिरहेका छन् ।
 

प्रतिक्रिया