काठमाडौँ- चीनको तिब्बतमा गएको भूकम्पमा परी ९ जनाको मृत्यु भएको छ । चिनियाँ समाचार एजेन्सी सिन्हुआका अनुसार, भूकम्पको केन्द्रबिन्दु बनेको क्षेत्रमा घरहरू ढलेका छन् ।
मानिसहरू भग्नावशेषभित्र च्यापिएको आशंकामा खोज तथा उद्धार कार्य तीव्र पारिएको छ । दमकलसहित ७५ जना तालिमप्राप्त उद्धारकर्मीले उद्धार कार्य गरिरहेका बताइएको छ ।
समाचार अनुसार, मंगलबार बिहान शिगात्से शहरको डिंगरी काउन्टीमा ७ तीव्रताको भूकम्प गएको हो । नेपालको राजधानी काठमाडौँसहित पूर्वी नेपालमा भूकम्पको धक्का महसुस गरिएको थियो ।
प्रतिक्रिया